१७ मंसिर २०८०, आइतबार

प्रधानमन्त्री देउवा धनगढीमा, निवासमै कार्यकर्तासँग भेट गर्ने



धनगढी। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेलधुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी९४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।

कैलाली-५ को प्रदेश सभा (ख)बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजासमेत हुन् । देउवाले  बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेलधुरा जाने छन् । डडेलधुरामा ४ दिनसम्म उनले चुनावी गतिविधि सञ्चालन गर्ने छन् ।

सरकारी श्रोत प्रयोग नगर्न देउवालाई आयोगको चेतावनी निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जान थालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी स्रोतसाधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेलधुरा जान अनुमति दिएको आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेलधुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ५० बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र