१९ मंसिर २०८०, मंगलबार

मुसिकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी रोजगारी सिर्जना गर्छौं : रामकुमारी झाँक्री 



गुल्मी। गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रामकुमारी झाँक्रीले मुसिकोटलाई पर्यटकीय क्षेत्र बनाउनु पर्नेमा जोड दिएकी छन् । बुधबार मुसिकोट नगरपालिका ८ मा आयोजित साक्षात्कार कार्यक्रममा मुसिकोटको समृद्धि तथा विकास बारेमा सर्वसाधारणले उठाएका जिज्ञासाको जवाफ दिँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।

मुसिकोट नगरपालिकाभित्र मुसिकोट दरबार, सालिमे दह, कुर्घा मालिका जस्ता ऐतिहासिक धार्मिकस्थल तथा स्वाँरा गुरुङ सामुदायिक होमस्टे लगायतका पर्यटकीय स्थलका कारण यस क्षेत्रको समृद्धि पर्यटन प्रवर्द्धनबाट सम्भव रहेको उनले बताइन् ।

यहाँका समुदायको पहिचान झल्कने गरी होम स्टे चलाउने, धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने, वामी बजारलाई ग्रामीण शहरको रूपमा विकसित गर्ने, बडिगाड नदीबाट उर्वर भूमिलाई सिञ्चित गरी कृषिमा आमूल परिवर्तन ल्याएर मुसिकोटलाई समृद्ध बनाउन सकिने पनि उनले उल्लेख गरिन् ।

पूर्व शहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले सरकारबाट नागरिकले तीन प्रकारको अपेक्षा राख्ने गरेको बताउँदै ती अपेक्षा तीन वटै तहका सरकारसँग समन्वय गरेर पूरा गर्ने  प्रतिबद्धता समेत व्यक्त गरिन्।

‘नागरिकले राज्यबाट व्यक्तिगत, सामूहिक र राष्ट्रिय आकांक्षा राख्ने गर्दछन् । ती नागरिकका सबै अपेक्षा तीनै तहको सरकारसँग समन्वय गरेर मात्रै पूरा गर्न सकिन्छ  ।’, उनले भनिन् ।

आफूलाई एकपटक मौका दिएर जिताउन अपिल गर्दै उनले स्थानीयस्तरमै सीपमूलक तथा आयआर्जनका उपायमार्फत् रोजगारीका अवसर सिर्जना गर्ने तथा गाउँको समृद्धिका लागि अहिले गरेको बाचा पुरा गर्नेमा प्रतिबद्ध रहेको समेत बताइन् ।  वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी नेतृ झाँक्री नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : १८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ