१९ फाल्गुन २०८०, शनिबार

जुम्लामा सेनाको हेलिकोप्टरमार्फत मतपत्र ल्याइँदै



जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र ल्याउन थालिएको छ । जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।

सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत ल्याउन थालिएको हो  ।

काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत भइरहेको छ । स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत मतपत्र ल्याइएको थियो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ  । उनले  प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उनका अनुसार  बाँकी मतपत्र बिहीबार  ल्याइने छ ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको  छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : १७ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू