५ आश्विन २०८०, शुक्रबार

सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह



काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

बैंकको आर्थिक वर्ष ०६६/६७ देखि ०७०/७१ सम्मका साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।

सेयरधनीले बैंकको शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ ।

यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : २३ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै