१४ आश्विन २०८०, आइतबार

म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल



एजेन्सी । सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्व सांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ ।

५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो । आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको सबैभन्दा लामो जेल सजाय हो ।

सोमबार म्याग्वे जिल्लाको अदालतले व्यापारिक राजधानी यांगुनबाट करिब ४८० किलोमिटर उत्तरमा अवस्थित विन मिन्ट ह्लिङलाई आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर गर्दै १४८ वर्षको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : १२ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास