५ आश्विन २०८०, शुक्रबार

बाजुरामा जीप दुर्घटना, नौ जना घाइते



धनगढी । बाजुरामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जीप बुढीनन्दा नगरपालिका(५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा नौ जना यात्रु घाइते भएको कोल्टीबाट पत्रकार शर्पलाल गिरीले जानकारी दिए । घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षीया सुकिली बोहरा, वडा नम्बर–९ का २७ वर्षीय हिक्मत सार्की, वडा नम्बर ६ की ३५ वर्षीया पेमा लामा, वडा नम्बर ४ की ३५ वर्षीया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका–४ का ३५ वर्षका राजु भण्डारी र ६० वर्षीय वृद्ध पदमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते नौ जनामध्ये सुकिली बोहराको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ४९ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।