२२ मंसिर २०८०, शुक्रबार

दिप्रुङ चुईचुम्मा- २ की वडा सदस्य नेपालीको निधन



खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधन भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृत्यु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृत्यु भएको हो । जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो ।

धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजाने क्रममा नेपालीको मृत्यु भएको उनका भाइ विजय नेपालीले बताए । लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो ।

शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरबाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।

नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ३६ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले