काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ । महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रतिक्रिया