१४ फाल्गुन २०८०, सोमबार

उम्मेदवारी खारेज नभएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र



काठमाडौं । सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन् ।

उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।

अदालतको उक्त आदेशपछि उम्मेदवार कार्कीले प्रचारप्रसारमा तीव्रता दिएकी हुन् । आफूले जित्ने भएपछि षड्यन्त्र गरिएको र त्यसलाई न्यायालयले रोकेको बताउने उनी आफू निर्वाचित हुने दाबी गर्छिन् ।

ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताएकी छन् ।

अदालतको आदेशपछि उनी घरदैलोसहितका कार्यक्रममा सक्रिय भएकी छन् । घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन् ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर बिहीबार वाचापत्र सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ४८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२