१४ आश्विन २०८०, आइतबार

यी चर्चित खेलाडी : जसले चोटका कारण विश्वकप २०२२ गुमाउने



काठमाडौं । आगामी नोभेम्बर २० देखि कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल सुरु हुँदैछ । फिफा विश्वकपको महाकुम्भ सुरु हुन अब केहि दिनमात्र बाँकी छन् ।

फिफाको कूल २११ सदस्य राष्ट्रहरू छन् । जसमा छनोट चरण पार गरेका उत्कृष्ट ३२ टिम मात्र विश्वकपमा खेल्नेछन् ।

विभिन्न देशका विभिन्न मुख्य खेलाडीले आफ्नो चोटका कारण अगामी मंसिरमा हुने विश्वकप गुमाउने भएका छन् ।

विश्वकप गुमाउनेमा फ्रान्सका मिडफिल्डर पाउल पोग्बा , जर्मनीका स्ट्राइकर टिमो वेर्नेर र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे लगाउतका पपुलर खेलाडी रहेका छन् ।

फ्रान्सका मिडफिल्डर पाउल पोग्बा फ्रान्सका मिडफिल्डर  हुन् । उनले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ । इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण विश्वकप गुमाउने भएका हुन् ।

सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्त्वपूर्ण सदस्य हुने मानिएको थियो ।

यस्तै चोट भएका जर्मनीका स्ट्राइकर टिमो वेर्नेरले नोभेम्बरमा विश्वकप २०२२ गुमाउने भएका छन् । आरबी लाइपजिकका स्ट्राइकर वेर्नेर बुधबार च्याम्पियन्स लिग अन्तर्गत सख्तर डोनेस्कविरुद्धको खेलमा घाइते भएका थिए ।

सन् २०१७ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका वेर्नेरले ५५ खेलमा २४ गोल गरेका छन् । नोभेम्बर २३ मा जापानविरुद्धको खेलसँगै जर्मनीले कतार विश्वकपमा सुरुवात गर्नेछ ।

यस्तै फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे पनि विश्वकपबाट बाहिरिएका छन् । चोटका कारण कान्टले विश्वकप २०२२  गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा कान्टे घाइते भएपछि कम्तिमा तीन महिना मैदान बाहिर हुने बताइएको छ ।

कान्टे फ्रान्सले २०१८ मा विश्वकप जित्ने टिमका महत्त्वपूर्ण सदस्य थिए । फ्रान्सले अबको ६ सातापछि नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्ध खेल्दै छ ।

यस्तै अर्जेन्टिनी फरवार्ड पावलो डिबाला, पोर्चुगिज स्ट्राइकर डिएगो  जोटा, फ्रान्सका  डिफेण्डर राफायल भारन, स्पेनिस फरवार्ड मिकेल ओयार्जबाल, इंग्ल्याण्डका  रेस जेम्स लगायतका अरु खेलाडीले पनि चोटकै कारण विश्वकप गुमाउने भएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ३२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम