१४ फाल्गुन २०८०, सोमबार

घनश्याम भुसाल भन्छन् – ‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो



बुटवल । पूर्व एमाले नेता घनश्याम भुसालले ‘सुखी नेपाली’ समृद्ध नेपालको एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दावी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ’सुखी नेपाली ‘समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् ।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसंग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसाले आग्रह गरे ।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ (१) का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए । पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए ।

त्यस्तै प्रदेश १ (२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्द बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ४१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२