काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा बहस भएको थियो।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सन्दीप पक्राउ परेका थिए ।
प्रतिक्रिया