१९ फाल्गुन २०८०, शनिबार

उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे आयोगको जानकारी



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन आज अपराह्न उपराष्ट्रपति भवन हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले आयोगले गरिरहेको निर्वाचनको तयारीबारेमा खुसी व्यक्त गरे ।

“स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु”, उनले भने, “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसबाट म निकै खुसी भएको छु । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।”

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए ।

आयुक्त थपलियाले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराए। उनले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४० बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू