१९ फाल्गुन २०८०, शनिबार

निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ : सञ्चारमन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफू २०७४ सालमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ को चौतर्फी विकास निर्माण कार्यले गति लिएको बताए ।

मतदाताका हरेक आशा, भरोसा र अपेक्षाको समाधान गर्न आफू सधैँ प्रतिबद्ध रहेको उनले बताए । आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीन वर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माण कार्यका कारण आफ्नो जीत सुनिश्चित भएको मन्त्री कार्कीले बताए ।

जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास तथा समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठबन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उनले बताए । आफ्नो जितले हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उनले यस क्षेत्रका बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने बताए ।

उनले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनाबद्ध रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि कांग्रेस नेतृत्वको सरकारले बनाउने उनको भनाइ छ । नेपाली कांग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले जनाएको उहाँले बताउनु भयो । हाल ६८ वर्ष भएपछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराइने मन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : १२ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू