२२ मंसिर २०८०, शुक्रबार

लुटपाट गरेको आरोपमा ढाकामा चार चिनियाँ पक्राउ



ढाका । बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ ।

ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । यो दम्पतीले उत्तरा ३ नं।सेक्टरअन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेन्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बङ्गलादेशी टाका दिन तयार भएको बताएकी छन् ।

तर उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत यो सम्झौता गरेकी बताइएको छ । बुधबार साँझ जिलिन ली वेन जिङको रेष्टुरेन्टमा चेन योङलाई ५० लाख रुपैयाँ दिन पर्खिरहे पनि चेन याङ आउन ढिला गरेको र सोही दिन निकै पछि एक महिलासहित केही चिनियाँ नागरिकहरू चेन याङ प्रतिनिधिको नाममा रेस्टुरेन्टमा आएका थिए ।

उनीहरूले जिलिनलाई चेन याङले ५० लाख टाका जम्मा गर्न पठाएको बताएका थिए । जिलिनले चेन याङको उपस्थिति बिना पैसा दिन इन्कार गरेपनि उनीहरूले पैसा लिएर गएको बताइएको छ ।

ढाका महानगर प्रहरी (डीएमपी)का उत्तरा डिभिजनका उपआयुक्त मोर्शेद आलमले राष्ट्रिय बङ्गला दैनिक समकललाई बताएअनुसार शहरको बारिधारा र उत्तरा क्षेत्रमा छापा मारेर चार जना चिनियाँ नागरिकलाई पक्राउ गरि अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ४९ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले