काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । बंगलादेशमा जारी खेलमा नेपालले आज (शनिबार) दोस्रो खेल खेल्न लागेको हो ।
ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै जित हात पारेको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
प्रतिक्रिया