१५ फाल्गुन २०८०, मंगलबार

यस्तो छ शेखर कोइरालाको सङ्कल्प प्रस्ताव (पूर्णपाठसहित)



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. कोइरालाले शनिबार संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

संकल्पत्रमा डा. कोइरालाले आर्थिक असमानता र गरिबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षा तर्फ पर्याप्त सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संकल्पपत्रमा थप उनले भनेका छन्,‘युवा बेरोजगारीको समस्या डरलाग्दो छ । यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौँ ।’

त्यसै गरी विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार, मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याउने, विराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो सञ्चालनमा ल्याउने, गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : १७ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.