१५ फाल्गुन २०८०, मंगलबार

जसपाको प्रतिबद्धता पत्र सार्वजनिक :५ वर्षभित्र गरिबी हटाउने (पूर्णपाठ)



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमकाबिच मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धता पत्रमा पार्टीले देशमा विद्यमान विकृति, विसब्गती, भ्रष्टाचार, असुरक्षा, कलङ्कको रूपमा रहेको छुवाछूत प्रथा र अव्यवस्थाको अन्त्य गरी मानिसको जन्मसिद्ध अधिकारहरू जस्तै खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य,रोजगारी एवं मान सम्मान जस्ता सम्पूर्ण मौलिक हकहरू प्रदान गर्न तथा सामाजिक न्याय, सुशासन र जनमुखी प्रशासन दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै जनता समाजवादी पार्टी नेपालको लक्ष्य राज्यलेनै पूर्ण दायित्व लिने गरी सबैको लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थाका साथै सबैको लागि रोजगार, आवास र सुरक्षाको प्रत्याभूति गराउनु रहेको पनि जनाएको छ ।

‘नेपालको संविधान मूलतः नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमतको बलमा जारी गरेको दस्ताबेज हो । संविधान जारी गर्दाको बखत सिङ्गो देश दुई कित्तामा विभाजन भयो’ प्रतिबद्धता पत्रमा भनिएको छ,‘संविधान संशोधन÷परिमार्जन तथा पुनर्लेखनको आवश्यकता छ ।’

शासकीय स्वरूपमा परिवर्तन, सङ्घीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने लगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य सङ्घर्ष रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

यसका साथै परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा प्रवर्द्धन गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने जसपाले प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्नुको साथै कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरूमा आत्मनिर्भर हुने प्रतिबद्धता जसपाले जनाएको छ ।

पूर्णपाठ:

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५२ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.