१९ फाल्गुन २०८०, शनिबार

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।

दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०२ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू