५ आश्विन २०८०, शुक्रबार

अमेरिकाबाट २ अर्बको हतियार किन्दै सेना



काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो ।

नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। ‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ। आजको नागरिक दैनिकबाट

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २३ बजे

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै

चाडपर्वमा यातायात व्यवस्थान चुस्त बनाउन कार्यदल गठन

राजधानी लाइभ, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश

तिलकसिंह पेलाकाे नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक (भिडियाे)

हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी नृत्य समावेश गरिएको भिडियोमा