१९ फाल्गुन २०८०, शनिबार

धमाधम मर्मत हुँदै कृषि औजार कारखाना, ५४ वटा मेसिनमा ४३ वटा अझै चल्ने अवस्थामा



काठमाडौँ । लामो समयदेखि बन्द रहेको कृषि औजार कारखानाको मर्मत सम्भारको काम सुरु भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्जमा रहेको कृषि औजार कारखानाको पहिलो चरणमा सरसफाइ तथा मर्मत सम्भारको काम सुरु गरेको हो ।

हाल सञ्चालनको तयारीमा रहेको उक्त कारखानाको अधिकासं मेसिनहरू चल्ने अवस्थामा रहेको पाइएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार कारखानामा भएका ५४ वटा विभिन्न किसिमका मेसिनहरूमध्ये ४३ वटा चल्ने अवस्थामा रहेको छ ।

तिनीहरूलाई खोलेर अझै राम्रोसँग मर्मत गर्‍यो भने र पार्टपुर्जाहरू फेरियो भने राम्रोसँग चल्ने देखिएको पनि उनी बताउँछन् ।

त्यसै गरी कतिपय मेसिनहरू भने पूर्ण रूपमा ध्वस्त रहेका कारण नयाँ नै प्रयोग गर्नु पर्ने हुन्छ । उनी भन्छन्,‘माथिका औजारहरूले मात्र कारखाना चलाउन पुग्दैन किन भने ती सबै औजारहरू पुरानो टेक्नोलोजीका हुन् र तिनीहरूको क्षमता कम छ । सो औजार कारखानालाई पूर्ण क्षमतामा चलाउनको लागी आधुनिक टेक्नोलोजीहरू पनि भित्र्याउनु पर्दछ ।’

नयाँ टेक्नोलोजीको भित्र्याउन सरकारले आर्थिक सहयोग गर्नु पर्ने पनि उनी बताउँछन् । उद्योग सञ्चालनको जिम्मेवारी पाएका अध्यक्ष पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए ।

अर्थ मन्त्रालयले बन्द रहेको कारखानाको जिम्मेवारी केन्द्रलाई दिएसँगै कारखाना सञ्चालनका लागि तीव्र रूपमा काम भइरहेको छ ।

सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा राजा महेन्द्रले वि।स २०२४ सालमा कृषिका लागि आवश्यक पर्ने औजारहरू उत्पादन गर्न पर्साको वीरगन्ज नगरपालिकामा कृषि औजार कारखाना खोलेका थिए । तर २०५९ सालदेखि उक्त कारखाना बन्द रहेको थियो । गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो।

सम्झौताअनुसार आविष्कार केन्द्रले कारखानाको सञ्चालन जिम्मा दस वर्षका लागि पाएको छ। योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका कामसहित आविष्कार केन्द्रले १० वर्षसम्म सञ्चालनको जिम्मा पाएको हो।

कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ। यस्तै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ।

औजार बिक्रीबाट कर पश्चताको रकमको ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : २७ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू