काठमाडौँ । रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले बुटवलमा एक कार्यक्रमकाबिच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा ‘सबल आर्थिक केन्द्र र समुन्नत रुपन्देहीको आधार, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र पूर्वाधार’ नारा बनाएका छन् ।
साथै उनले बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रुपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यसै गरी बृहत् लुम्बिनीलाई दीर्घकालीन विकास गुरुयोजना अन्तर्गत सहरी क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्रलगायतका क्षेत्रहरूमा वर्गीकरण गरी भू उपयोग तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गरिने पनि उनको भनाई छ ।
यस्तै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायण घाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने पनि जनाएका छन् ।
यसरी आफूले सार्वजनिक गरेको प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
पूर्णपाठ :
प्रतिक्रिया