१५ आश्विन २०८०, सोमबार

रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू



मोरङ । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् ।

पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाइदिएका हुन् ।

आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

कलाकारसमेत रहेकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रुपमा चिनिएकी उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा छिन् ।

मोरङ–३ मा थापा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : २२ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि