२३ मंसिर २०८०, शनिबार

विश्वकपका कारण कतारमा अफिस समय परिवर्तन

 नेपाली दूतावास विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने



काठमाडौं । फिफा विश्वकप २०२२ को तयारीको लागि कतार सरकारले सरकारी कार्यालयहरु खुल्ने समय परिवर्तन गरेको छ ।

कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको हो ।

सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ ।

‘फिफा विश्वकप २०२२ को तयारीका लागि सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन गर्ने बारे कतारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई ध्यानमा राख्दै २०७९ कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी पुस ५ गतेदेखि दूतावास पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३७ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले