५ आश्विन २०८०, शुक्रबार

आलोचनापछि पुनः सम्पादन गरिँदै आदिपुरुष



मुम्बई । अभिनेता प्रभासको आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर जोकोहीको चासो छ । केही समयअघि यो फिल्मको टिजर रिलिज गरिएको थियो । तर, रिलिज हुनासाथ यसको आलोचना सुरु भइहाल्यो । फिल्मको टिजरमा अत्याधिक ट्रोलिङ भएपछि निर्माताले यसलाई सुधार गर्ने निर्णयमा पुगेका छन् ।

सोहीकारण उनीहरुले सन् २०२३ को मकर संक्रान्तिमा रिलिज गर्ने पूर्व योजनालाई केही पर सार्ने भएका छन् । टिजरमा प्राप्त प्रतिक्रियाको मूल्यांकन गर्दै निर्माण पक्षले यसमा भएका कमी कमजोरीलाई सुधार्ने निर्णय लिएका छन् ।

फिल्मको भीएसफएक्स र सीजी वर्कमा पुनः काम गर्नका लागि निर्माताले तयारी सुरु गरिकसको छन् । जसका लागि प्रभास, कृति सेनन स्टार फिल्मका लागि ८० देखि १०० करोड रुपैंयाँ खर्च गर्ने योजना बनाएका छन् ।

‘तान्हाजी’ फेम निर्देशक ओम राउतको यो फिल्मको टिजरमा अभिनेता सैफ अली खानलाई हनुमानको लुक्समा देखाइएपछि आलोचना भएको थियो । यतिमात्र होइन, फिल्ममा ‘रामायण’लाई गलत तरिकाले प्रस्तुत गरिएको आरोप लागेको थियो ।

टिजर सार्वजनिक भएपछि ‘रामायण’मा राम, सीता र लक्ष्मणको भूमिका निर्वाएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरले पनि यसको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ४३ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै