१४ फाल्गुन २०८०, सोमबार

बोहोरालाई जिताए गृहमन्त्री बनाउने पशुपतिशमशेर राणाको आश्वासन



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दिपक बोहोरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सोमबार बिहान भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘दिपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’

राणाले बोहोराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे । ‘दिपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न मात्रै बाँकी छ, ’ उनले भने ।

राणाले रुपन्देही ३ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले कांग्रेसको कारण देश संकटमा परेको आरोप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्नेसमेत बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : १२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२