१९ मंसिर २०८०, मंगलबार

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए । उनले नवस्थापित केन्द्रले मतदानस्थलसम्म सिधैँ र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धितस्थलमा पुगे÷नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता परिपालनामा आवश्यकता अनुसार सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे स्पष्ट पारे।

निर्वाचन सुरक्षा र अनुगमनसम्बन्धी निर्देशिकाबमोजिम आयोगका सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, चार वटै सुरक्षा निकायका राजपत्राङ्कित प्रथम श्रेणीसरहका प्रतिनिधित्वमा केन्द्रको स्थापना भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : २६ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ