कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले एकल सरकार बनाउने दाबी गरेका छन् ।
सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मंसिर ४ पछि एमालेको बहुमत आउने र आफु प्रधानमन्त्री बन्ने कुरालाई कसैले रोकेर रोक्न नसक्ने दावी गरेका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, अत्यधिक मतले कांग्रेसभन्दा अघि हुन्छ, एकल बहुमतका साथ एकल सरकार बनाउँछ,’ ।
एमालेले प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको भन्दै ओलीले सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौती समेत दिएका छन्।
ओलीले भने, ‘म प्रधानमन्त्री बन्छु। म गठबन्धनको निर्णय सुन्न चाहन्छु। जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन्। को हो तपाईंहरुको प्रधानमन्त्री ? कांग्रेसका थुप्रै मान्छेले मै प्रधानमन्त्री भनिराखेका छन्। माओवादीका पनि अरुले नभने पनि प्रचण्डले भनिराखेका छन्।’
प्रतिक्रिया