एजेन्सी । विराट कोहली प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अक्टोबर महिनाको प्लेयर अफ द मन्थको अवार्ड भारतीय ब्याटर विराट कोहलीलाई दिने घोषणा गरेको हो।
दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिज र टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीले यो अवार्ड पाएका हुन्। कोहलीले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पारेका हुन्।
प्लेयर अफ द मन्थको अवार्ड जितेपछि कोहलीले आफ्नो लागि यो ठूलो सम्मानको कुरा भएको बताए। ‘विश्वभरका फ्यान र प्यानलहरूद्वारा स्ट्यान्डआउट खेलाडीको रूपमा छनोट हुनुले यो सम्मान मेरो लागि अझ विशेष बनाउँछ’, उनले भने, ‘म अन्य मनोनित खेलाडीलाई पनि बधाई दिन चाहन्छु जसले यो महिनामा राम्रो प्रदर्शन गरेका छन्। साथै म मेरा सहकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई सधैं मेरो राम्रो गर्न सहयोग गरे।’
प्रतिक्रिया