२३ मंसिर २०८०, शनिबार

बाढी पहिरोमा बेपत्ता भएका कर्णालीका १९ जना अझै फेला परेनन्



सुर्खेत । १९ असोजदेखि एक सातासम्म कर्णालीमा परेको अविरल वर्षाले ४१ जनाको मृत्यु भयो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका अनुसार जुम्लामा १०, कालिकोटका सात, दैलेखका एक, जाजरकोट तीन, सल्यान तीन, डोल्पामा एक, हुम्लामा आठ र मुगुमा आठ जनाको मृत्यु भएको थियो । यस्तै, १ साउनदेखि १९ असोजमा पनि आठ जनाको बाढी पहिरोमा मृत्यु भएको थियो ।

दसैँको समयमा बाढी पहिरोका बेपत्ता भएका १९ जना अझै भेटिएका छैनन् । बेपत्ता हुनेमा कालिकोटका मात्रै १६ जना छन् । उनीहरू मलामी गएका बेला माथिबाट खसेको पहिरोमा परि बेपत्ता हुन् ।

यस्तै, बेपत्ता हुनेमा दैलेख, डोल्पा र जुम्लामा १/१ जना छन् । बाढी पहिरोले पाँच हजार आठ सय नौ घरधुरी विस्थापित भएका छन् । कालिकोटमा सात हजार चार सय १८, मुगुमा पाँच हजार दुई सय २८ हुम्लामा तीन हजार दुई सय ८६ परिवार विस्थापित भएका छन् ।

दुई हजार दुई सय ३४ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ६ सय ६२ घर आंशिक रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेशभर २२ वटा विद्यालयमा आंशिक रूपमा बाढी पहिरोले क्षति पुगेको छ । स्वास्थ्य संस्था, कृषि तथा पुलको क्षतिको विवरण भने अहिलेसम्म संकलन गर्न नसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, सो अवधिको विपद् परी दुई सय ७३ वटा चौपाया मरेका थिए ।

कर्णालीको विपद् जोखिम नक्सांकन तथा अध्ययन, अनुसन्धान सुरु नभएको गुनासो छ । विपद्सम्बन्धी कार्यक्षेत्र बमोजिम प्राविधिक जनशक्तिको अभाव, बुझाइको कमी, विपद् जोखिम न्यूनिकरणमा प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सञ्चार क्षेत्रको सहयोग सहभागिता कम रहेको आरोप छ ।

प्रदेश प्रहरी प्रमुख पोषराज पोखरेलले स्थानीय सरकारले विपद्को बेलामा उद्धारका लागि डोजर समेत नदिएको तीतो अनुभव सुनाए । उनले भने, ‘तीन तहका सरकारको भूमिका के हो ? अझै बुझ्न सकिएको छैन । एक लाख घर भत्कदा पनि केही गर्न नसकिने अवस्था छ ।’ उनले विपद् जोखिमलाई न्यूनिकरणका लागि बाटो, बिजुली र सञ्चारको विकास अनिवार्य रहेको बताए ।

पूर्व सूचना प्रणालीलाई व्यवस्थित र विस्तार गरेर सर्वसाधारणको पहुँचमा ल्याउन जरुरी रहेको उनले बताए । कालिकोट, दैलेख, सल्यान र जाजरकोटमा ९६ जना प्राथमिक उपचार खोज तथा उद्धार गर्ने तालिमप्राप्त जनशक्ति तयार भइसकेको छ भने अन्य जिल्लामा पनि सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने छ ।

यस्तै, प्रदेश सरकारले पूर्ण रूपमा क्षति भएका सात सय ६५ पीडित घरपरिवारलाई स्थानीय तहमार्फत रकम पठाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ०८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले