२३ मंसिर २०८०, शनिबार

स्थिर सरकारबाट मात्रै विकास हुन्छ : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् ।

नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनु पर्नेमा जोड दिए ।

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए ।

नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भने ।

उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरिएपछि ढुक्क भएको टिप्पणी गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ५० बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले