१५ आश्विन २०८०, सोमबार

रुपन्देही–२ मा वामदेव समूहको समर्थन एमालेलाई



बुटवल । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ ।

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

‘हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं,’ अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले भने । रुपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकाको कसैले पनि अवमूल्यन गर्न नहुने उनले बताए ।

अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छु,’ अर्यालले भने ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ । कार्यक्रममा एमाले उपध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताएका थिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ०० बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि