१५ फाल्गुन २०८०, मंगलबार

वैदेशिक लगानी : प्रतिबद्धताको आधा मात्रै भित्रियो



काठमाडौं । प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो।

विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए। पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको उनले जानकारी दिए।

प्रतिबद्धता जनाएअनुसार काम नभएकाले विभागले व्यावसायिक भिसामा सर्तसहित कडाइ गरेको हो। इमानदार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन ।

जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य गरिरहेका छन् ती विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गरिएको हो,” निर्देशक धामीले भने। गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ४८ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.