काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेबाट सुरु हुने भएको छ । डबल लिगका आधारमा हुने लिग पुस २६ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
खेल जेठ २० गतेसम्म हुनेछ । यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउदै आएको तयारी खर्चमा १० लाख रुपैयाँ वृद्धि गरेको छ । एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छन्।
क्लबको तयारी खर्चमा वृद्धि गरिए पनि पुरस्कार रकम यथावत राखिएको छ । यस पटक पनि लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया