५ आश्विन २०८०, शुक्रबार

मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धनः वरिष्ठ नेता पौडेल



काठमाडौं । । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतर्फ लैजान गरिएको बताएका छन्। व्यास नगरपालिका–३ देउरालीनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताएका हुन् ।

“जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ”, नेता पौडेलले भने । युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौँ नेपालीको आस्थाको केन्द्र बनाई पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलको स्पष्टोक्ति छ ।

व्यास नगरपालकालाई देशकै नमूना सहर बनाउने उनको दाबी छ । व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन लागिपरेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ०१ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै