१९ फाल्गुन २०८०, शनिबार

विश्वव्यापी चर्चा पाइरहेको फिल्म कान्तराका कलाकारको पारिश्रमिक कति ?



मुम्बई । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहीतही छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ ।

फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।

ऋषभ शेट्टी

फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन् । उनले यो फिल्मका लागि ४ करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

सप्तमी गौडा

सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन् ।

अच्युत कुमार

फिलममा अच्युतले देवेन्दको भूमिका निभाएका छन् । उनी फिल्मका भिलेन हुन् । कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन् ।

किशोर

दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन् ।

प्रमोद शेट्टी

प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैंयाँ बुझेका छन् ।

दीपक राय पानाजे

फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उनले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

नवीन डी पडिल

नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन् । उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिकाका लागि २५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ५३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू