५ आश्विन २०८०, शुक्रबार

३० लाखमा अनुबन्ध गायक आशिष सचिनले एक वर्ष ओएसआर डिजिटलको ब्यानरमा काम गर्ने



काठमाडौं । दारी फुल्यो वैँशैमा, एक कान दुईकान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ ।

ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौताअनुसार गायक आशिष सचिनले एक वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा काम गर्नुपर्नेछ ।

एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले आटवटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्युजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो छमक छमक तेरी पाउजुले औधी चर्चा बटुल्न सफल भएको छ ।

गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ ।

गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ०० बजे

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक