काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धारमा खटिन र घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
साथै उनले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदनासमेत प्रकट पनि गरेका छन्। डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी ६ जनाको मृत्यु, ७ जना जना घाइते भएका छन्।
प्रतिक्रिया