१४ फाल्गुन २०८०, सोमबार

दिपकलाई निश्चनलको प्रश्न- राष्ट्रलाई खाल्डो बाट जोगाउन पनि गहना को कर्तव्य होला की ?



काठमाडौं । कलाकार दीपक राज गिरी र निर्देशक निश्चनल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

गिरीलेले फेसबुक स्टाटसमा कलाकार साझा भएकाले एक समुहको हुन नसकिने पोस्ट गरेपछि त्यसको कमेन्टमा आवश्यक परेको बेलामा देशको हितका लागि बोल्नुपर्ने दायित्व कलाकारको पनि रहेको बस्नेतले लेखेका हुन्।

गिरीले लेखेका छन् ‘कलाकार लाइ गहना किन भनेको होला ? सायद सबैले प्रिय र साझा ठानेकोले होला , त्यसैले म कुनै एक समूहको हुन सकिन’ सबैलाइ शुभकामना

कमेन्टमा बस्नेतले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशाभन्दा पहिला देश, की के हो दाई।’

त्यस्तै, निश्चलको भनाइ आधा सत्य रहेको बताउँदै दीपकले प्रतिक्रिया मै लेखेका छन्, ‘वकिलले राम्रो गरेन ,वकिल खोज्ने , डाक्टर ले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्री ले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो , त्यो काम इमानदार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देश लाइ खाल्डो मा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

निवार्चन नजिकिए संगै कलाकार पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । कोही स्वतन्त्र उम्मेदवारलाई भोट माग्दै छन् भने कोहि कोहि कलाकार आफै पनि उम्मेदवार बनेर चुनावमा होमिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : २८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२