१४ फाल्गुन २०८०, सोमबार

कोही घन्टी बजाएर, कोही लौरो टेकेर आएका होलान्, त्यस्ता स्वतन्त्रले देश चलाउन सक्दैनन्ः ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरेका छन् । बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गरे ।

‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भने । उनले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताए । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उनले भने, ‘ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् रु उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने । अहिले पनि गठबन्धनको सरकारमा छन् । तर एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गरे । उनले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताए ।

ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घन्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गरे । उनले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताए । उनले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : १५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२