१६ मंसिर २०८०, शनिबार

डोटी भूकम्प अपडेटः ६ जनाको मृत्यु, ८ जना घाइते र १० घर पूर्णरुपमा क्षति



काठमाडौं । गएराति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार भूकम्पका कारण ८ जना घाइते भएका छन् भने १० घर पूर्णरुपमा क्षति भएको छ ।

‘अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको सुचना प्राप्त भएको छ,’ गृहले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ ।

‘तत्कालको खोज, उद्दार तथा राहतका लागि स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दा समेत परिचालन भई घाइतेहरुको उद्धार कार्य भई ६ जनाको स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ,’ गृहले भनेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलनको कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय मार्फत भइरहेकोमा पूर्ण विवरण प्राप्त भएपछि जानकारी गराइने गृहले जनाएको छ ।

‘विपद्मा मृत्यु भएका परिवारलाई तथा पूर्ण तथा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाउनुका अतिरिक्त घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृहले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर घनगढीबाट एक ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी गृहले दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ४८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान