१७ मंसिर २०८०, आइतबार

टी-२० विश्वकप : पाकिस्तान फाइनल प्रवेश, के भारत र  पाकिस्तानको फाइनलमा भेट होला ?



काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरूष टी-२० विश्वकपमा न्यूजिल्याण्डलाई हराउदै पाकिस्तान फाइनल प्रवेश गरेको छ ।

टस हार्दै पहिले  ब्याटिङ गरेको न्यूजिल्याण्डले  पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो ।  पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन जोडेको थियो ।

पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्‍याएका थिए।

रिजवानले ४३ बलमा ५ चौकासहित ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौकासहित ५० पुरा गरेका हुन्।

यस्तै हरिश रौफले २६ बल खेल्दै १ छक्का र २ चौकासहित ३० रन बनाए। सान मसुदले ३ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै  १५२ रन बनायो।

उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले ३५ बलमा १ छक्का र ३ चौका प्रहार गरे।

यस्तै कप्तान केन विलियम्सनले ४६ रन जोडे। ४२ बल खेलेका उनले १ छक्का र १ चौका प्रहार गरेका थिए।

फिन आलेनले ४ रन बनाउँदा ग्लिन फिलिप्सले ६ रन जोडे। यस्तै जामेश निसामले १२ बलमा १६ रन बनाए।

पाकिस्तानका लागि शहिन साह अफ्रिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए।

पहिलो चरण को खेलमा विराट कोहलीको उत्कृष्ट पारीले गर्दा पाकिस्तानले भारत सँग हार व्यहोर्न परेको थियो । भारतले भोलि बिहीबार ईंग्ल्यान्ड सँग सेमिफाइनलको खेल खेल्दै छ । इन्डियाले सेमिफाइनलको खेल जितेको खण्डमा पाकिस्तान र भारतको भेट फाइनलमा हुने छ ।

पाकिस्तान र भारत प्रतिस्पर्धी मुलुक भएकाले यदि भारतले सेमिफाइनलको खेल जिते टी-२० विश्वकप फाइनलमा कसले जित्ला भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ३३ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र