काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि फ्रान्सले टिम घोषणा गरेको छ । फ्रान्सले बुधबार विश्वकपका लागि २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
फ्रान्सको टोलीमा डिफेन्डर राफायल भरान, गोलकिपर ह्युगो लोरिस, करिम बेन्जिमा, केलियन एमबाप्पे लगायतका खेलाडी अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदै छ ।
विश्वकपमा फ्रान्स समूह ‘डी’ मा रहेको छ । फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
फ्रान्सको टोली :
गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान
मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु
प्रतिक्रिया