५ आश्विन २०८०, शुक्रबार

चुनावको मुखैमा एमालेलाई झड्का, गोकर्ण विष्टको सिंगो गाउँ नै एकीकृत समाजवादीमा 



गुल्मी । निर्वाचनको मिति नजिकैँदै जाँदा गुल्मीमा नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकर्ण विष्टलाई ठूलो झड्का लागेको छ । विष्टको आफ्नै वडा इस्मा गाउँपालिका वडा नं. ४ दोहोलीको सिंगो गाउँ नै  नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

दोहोलीको हुल भन्ने वस्ती नै एकीकृत समाजवादीमा प्रवेश गरेपछि विष्टलाई चुनौती थपिएको छ । बुधबार नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवं गुल्मी २ कि प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रामकुमारी झाँक्रीले उक्त गाउँवासीलाई आफ्नो पार्टीमा प्रवेश गराएकी हुन् ।
लामो समय सम्म नेकपा एमालेमा योगदान पुराएका स्थानीय नेता कलम हिताङ, अमर अछामी, मीन दर्लामी, पवन दर्लामी, निरज थापा, रोशन दर्लामीसहित सिंगो वस्तीका जनतालाई झाँक्रीसहित सो पार्टीका जिल्ला इन्चार्ज प्रवेश पोख्रेल, जिल्ला अध्यक्ष श्रीराम महतले सम्मानसहित स्वागत समेत गरे ।

गोकर्ण विष्टको २५ वर्षे कार्यकालबाट कुनै काम हुन नसकेपछि आफूहरू एकीकृत समाजवादीमा प्रवेश गरेको उनीहरूले प्रतिक्रिया छ । गोकर्ण विष्टले २५ वर्षसम्म निर्वाचन जित्दा पनि आफ्नै वडाको अवस्था नाजुक रहेकोाम अन्य क्षेत्रमा झन् विजोग रहेको उनीहरुले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ३५ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै