१४ फाल्गुन २०८०, सोमबार

बैतडी पुगेर देउवाले सम्झिए अढाई दशक पुरानो आयोजना 



अत्तरिया । अढाई दशकदेखि निर्माण गर्ने चर्चा चल्दै आएको पंचेश्वर बहुउद्देश्यीय आयोजनाको चर्चा फेरी एकाएक चुलिएको छ । अरु बेला यसको बारेमा मौन रहने नेताहरूले चुनावका बेला भने यसलाई चुनावी मुद्दा बनाउन पछि पर्दैनन् ।

चुनावी प्रचारप्रसारकै क्रममा बुधवार बैतडी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले पंचेश्वर बहुउद्देश्यीय आयोजनाको बारेमा बोलेका छन् । उनले पंचेश्वर बहुउद्देश्यीय आयोजनाले सुदूरपश्चिमको मात्रै नभएर देशकै कायापलट गर्ने बताए ।

बैतडीमा आयोजनाको बाँधस्थल भएकाले पनि बैतडीमा पुगेको समयमा यसको बारेमा नेताहरूले बोल्ने गरेका छन् । तर, यो आयोजना नेपालको मात्रै नभएर भारतको पनि भएकाले यसलाई अगाडी बढाउन दुवै देश बिच सहमति हुन आवश्यक छ ।

आफ्नो मत्यव्यका क्रममा देउवाले पंचेश्वर बहुउद्देश्यीय आयोजनाले देशको कायापलट गर्ने बताए पनि कहिले यसले मुर्त रुप पाउँछ भन्ने बारे भने बोलेनन् । उनले पंचेश्वर संगै  पश्चिम सेतीलाई पनि जोडेर भने ‘पश्चिमसेतीले सुदूरपश्चिमको सम्पूर्ण कायापलट गर्छ, त्यसको आम्दानी सुदूरपश्चिमले पाउँछ  ।  पञ्चेश्वर आयोजना जो छ, भारतीय प्रधानमन्त्री त्यसको पक्षमा हुनुहुन्छ, यसले त सुदूरपश्चिम मात्रै होइन देशकै कायापलट हुन्छ ।’

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत देउवाकै भनाई दोहोर्‍याए । ‘पञ्चेश्वर होस् वा पश्चिम सेती होस, सुदूरपश्चिमको जीवनमा विद्युतीकरणमार्फत ठुलो परिवर्तन ल्याउन सम्भव छ, त्यो प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो । तर अहिले भने यहाँका नागरिकको आशा पनि निराशामा बदलिएको छ । यतिका दशकसम्म चर्चामात्र भएको र काम सुरु हुनै नसकेको यो आयोजनाबाट लाभान्वित हुन पाउँला भन्ने नै यहाँका नागरिकलाई लाग्न छोडिसकेको छ ।  तर, नेताहरूले भलै चुनावको बेला होस् यसको बारेमा बोल्न छोडेका छैनन् ।

यो आयोजना ६ हजार ४ सय ८० मेगावाटको बनाउने योजना छ । आयोजना अगाडि बढाउन प्राधिकरण बनाइएको पनि ८ वर्ष भइसकेको छ । तर काम अघि बढेको छैन ।

नेपाल र भारतबीच २०५२ माघमा भएको महाकाली सन्धिमै आयोजनाको डीपीआर ६ महिनाभित्र बनाउने उल्लेख थियो । तर पश्चिमबाट सूर्य उदाउँछ भनेर नेपालले सन्धिमा हस्ताक्षर गरेको २७ वर्षमा पनि आयोजनामा कुनै प्रगति हुन सकेको छैन ।

आयोजना निर्माण भएमा नेपालले ऊर्जा उत्पादनबाट मात्र वार्षिक ३४ दशमलव ५० अर्ब रुपियाँ र मत्स्यपालन, कार्वन ट्रेडिङ, सिंचाइ तथा पर्या–पर्यटन÷जडिबुटी÷फलफुलबाट ५३ दशमलव ४१ अर्ब रुपियाँ प्रतिवर्ष प्राप्त गर्न सक्ने अध्ययनले देखाएको छ । उक्त आयोजना निर्माण सम्पन्न गर्न ६ खर्ब लाग्ने अध्यनयले देखाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ३७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२