१५ फाल्गुन २०८०, मंगलबार

भूकम्पको धक्का : चिसोमा स्थानीय पाल टाँगेर बाहिर बस्न बाध्य



अछाम । सुदूर पश्चिमका जिल्लाहरूमा अझै पनि बेला बेला भूकम्पको धक्का महसुस हुने भएकाले स्थानीय पाल टाँगेर चिसोमा घर बाहिर बस्न बाध्य भएका छन् ।

पहिलो चोटि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस यता लगातार बेला बेला भूकम्पको धक्का महसुस भईरहेका छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो। आठ जना घाइते भएका थिए।

भूकम्पले गर्दा अधिकासं घरहरूमा चिरा परेको देखिएको छ । डोटी बाहेकका अन्य सुदूर पश्चिमका जिल्लाहरूमा भौतिक क्षति नभए पनि अभिकांस घरहरूमा चिरा परेका छन् ।

अहिले पनि बेला बेला भुकुम्पले गर्दा स्थानियहरु घर भित्र बस्न सकिरहेका छैनन् । ‘बेला बेला भुकुम्प आउछँ, कति बेला आउने भन्ने केही थाहा हुँदैन त्यसैले हामी यस्तो चिसोमा पाल टाँगेर बाहिर बस्न बाध्य छौँ ‘अछाम मेल्लेख बसोवास गने स्थानिए उर्मिला रावलले बताइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ५२ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.