काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन भनेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सुदुरपश्चिम प्रदेश र कर्णली प्रदेशका स्थानिय तहलाई भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन भनेको हो ।
डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पमा परि ६ जनाको मृत्यु भएको थियो । मन्त्रालयले स्तानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया