काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरूष टी-२० विश्वकपको सेमिफाइनल को लागी भएको आजको खेलमा भारतले इङ्ल्यान्डलाई १६९ रनको लक्ष दिएको छ । एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।
भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए ।
इङल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । क्रिस वोक्स र आदील राशिदले एकरएक विकेट लिए ।
प्रतिक्रिया