१४ फाल्गुन २०८०, सोमबार

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई मतदान गर्न मन्त्री कुँवरको अपिल 



अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् ।

बिहीबार मेल्लेख गाउँपालिका  १ र २ को ऋषिदहमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कुँवरले बाम लोकतान्त्रिक गठबन्धनको जितले मात्र देश सही दिशामा प्रवेश गर्ने बताए ।  उनले भने, ‘तपाईंहरु गठबन्धनलाई मतदान गर्नुहोस्, हामी समृद्ध समाज निर्माणका लागि प्रतिबद्ध छौं ।’

मन्त्री कुँवरले विकास निर्माण र समृद्धिका लागि लोकतान्त्रिक शक्ति एक ढिक्का भएर आएको  पनि उल्लेख गरे । ऋषिदहको समृद्धि र विकासका लागि आफू प्रतिबद्ध  रहेको बताउँदै मन्त्री कुँवरले यो क्षेत्रमा स्वास्थ्य, शिक्षा सडक खानेपानी विकास निर्माणको चर्चा समेत गरेका थिए ।

उनले स्थानीय विकासका अधुरा कामलाई पूरा गर्न सबै दल एक जुट भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।उक्त चुनावी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री गोविन्द बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार झपटबहादुर साउँदले समेत आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ५८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२