१७ मंसिर २०८०, आइतबार

मरेका जीवजन्तुबाट आकर्षक कलाकृति



काठमाडौं, २५ कात्तिक। मरेका जीवहरूको छाला, प्वाँख तथा रौँहरू प्रयोग गरी ती जीवहरू बाँचेको बेला जस्तो थियो त्यस्तै बनाई प्राकृतिक बासस्थानको प्रतिलिपि बनाई सजाउने कला (टाक्सिडर्मी)  तालिम सम्पन्न भएको छ ।

तालिम नेपालमै पहिलोपटक संचालन गरिएको हो । नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सञ्चालन गरिएको हो । तालिम १८ दिने थियो । राणाकालमा आफ्नो सिकार कौशलताको प्रदर्शनी गर्नमात्र प्रयोग भएको यो विधा नेपालबाट लगभग लोप भइसकेको थियो ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुबहादुर जोशीले जैविक विविधताको प्रमाण सयौं वर्षसम्म सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्नसक्ने टाक्सिडर्मीस्टहरू नेपालमै उपलव्ध हुनु देशकै लागि गौरवको विषय भएको उल्लेख गरे । प्रमुख अतिथि जोशीले यस प्रकारको तालिम भविष्यमा संचालन गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा। तुलसीराम भण्डारी, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. सुरेन्द्र गौतम, त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक तथा प्रमुख डा. गणेशबहादुर थापा, तालिम आयोजक नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजकै स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिताचाँदनी शाही तथा तालिम कार्यक्रमका प्रशिक्षक जर्मनीका टाक्सिडर्मी विशेषज्ञ मार्को फिसरले टाक्सिडर्मीका विविध व्यवहारिक प्रयोग तथा पर्यतन क्षेत्रमा टाक्सिडर्मीको महत्वबारे प्रकास पारेका थिए थिए ।

नेपालका एक मात्र पेसागत टाक्सिडर्मी विशेषज्ञ देव महर्जन, कार्यक्रम संयोजन नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रको प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रमका संयोजक डा। नारायणप्रसाद कोजुलगायले पनि आआफनो मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. तुलसीराम भण्डारीले गरे भने तालिम प्रशिक्षक मार्को फिसरलाई कलेजका प्राचार्य प्राडा श्रेष्ठले मायाको चिनो प्रदान गरे ।

नेपालका तेह्रवटा विभिन्न निकायका कर्मचारी, प्रविधिक तथा विद्यार्थीहरू तालिम कार्यक्रमबाट प्रशिक्षित भएका थिए । तालिम कार्यक्रम सम्पन्न हुन अगाडि नेपालमा जम्मा एकजना मात्र टाक्सिडर्मीस्ट बाँकी रहेकोमा तालिमपश्चात अब नेपालमा जम्मा चौध जना टाक्सिडर्मीस्टहरू रहने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : २६ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र